फरार प्रतिबादी पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।१९ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
- चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– ( एक हजार ) जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने वर्ष ३५ को बिनित बढु ।
- चोरी मुद्दामा १ बर्ष ६ महिना कैद सजाय र रु.६०,०००।– ( साठी हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.२ साडेपानी बस्ने वर्ष २८ को अर्जुन बिष्ट ।
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।१२।१६ गतेको फैसलाले बन्यजन्तु अबैध शिकार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको बान्निगढी जयगढ गा.पा.६ बस्ने वर्ष ३६ को जयन्द्र शाहलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।