अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको वनदेवि मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,०३,६००।- ( तेह्रलाख तिन हजार छ सय ) बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्वरको महेन्द्रा पिकअप जिप सहित चालक बेलौरी न.पा.४ रिछा बस्ने वर्ष ३८ को कुशल चौधरी र सवारी धनी बेलौरी न.पा.६ हात्तीबोझा बस्ने वर्ष ४२ को श्याम सिह रावतलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
यसैगरी,
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी
ल्याएका अन्दाजी मूल्य रु.८०,०००।– बराबरको
विभिन्न किसिमका आयुर्बेदिक औषधी लगायतका सामानहरु मंगलबार राति वडा प्रहरी
कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. ३४,३५०।–
बराबरको पेय पदार्थ,
चक्लेट, नमकिन,
विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु
मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले
बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।