अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२२
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित सोही ठाउँ बस्ने वर्ष ३६ की रञ्जना
रानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,५३,०००।-
( तिन लाख त्रिपन्न हजार ) बराबरको सुटपिस, चुन्नी,
अन्य कपडा लगायतका सामानहरु घरमा लुकाई छिपाई
राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार
दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त कपडा सहित निजलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी,
जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिवेणीघाट स्थित सोही ठाउँ बस्ने वर्ष ४५ को
जिवन ढुंगानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७०,०००।-
( दुई लाख सत्तरी हजार ) बराबरको टेन्टको पर्दा लगायतका सामानहरु घरमा लुकाई छिपाई
राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार
राति आवश्यक प्रक्रिया पुरा गरी उक्त टेन्ट सहित निजलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी,
जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर
घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२२,०००।–
बराबरको बोइलर कुखुरा बुधबार इलाका प्रहरी
कार्यालय बहुलिया, कैलालीबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
स्थानिय जनप्रतिनिधिको रहोभरमा नष्ट गरेको छ ।