अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२३
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली टीकापुर न.पा.१ बनगाउबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने
धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २१ को बिबश चौधरी र
धनगढी उ.म.न.पा.१३ कैलालीगाउँ बस्ने वर्ष ३० को निशान्त घर्ती मगरलाई इलाका प्रहरी
कार्यालय टीकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले बिहिबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।