जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली धनगढी उ.म.न.पा.४
उत्तरबेहडी स्थित जुवातास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला अछाम,
साँफेबगर न.पा.३ घर भई हाल धनगढी उ.म.न.पा.४
उत्तरबेहडी बस्ने वर्ष २३ को सुरेश कुँवरले सोही ठाउँ स्थित सञ्चालन गरेको तड्का
रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा निज सुरेश कुँवर सहित ११ जनालाई बिहिबार
बेलुकी वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट
खटिएको प्रहरी टोलीले नगद रु.२६,८५०।-
(छब्बिस हजार आठ सय पचास ) र १ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।