फरार प्रतिबादी पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
१. १. बालयौन दुरुपयोग मुद्दामा १ महिना कैद सजाय र रु.१०,०००।– ( दश हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.३ बस्ने वर्ष ४० मनोज प्रसाद उपाध्याय ।
२. २. कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।– ( पाँच हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.३ बस्ने वर्ष ३५ को वालक डगौरा ।