प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८३-०६-२४

  • A
  • A-
  • A+
Share

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,८८,०००।– ( छब्बिस लाख अठासी हजार) बराबरको मोवाईल डिस्प्ले, विभिन्न किसिमका तरकारी, यु.पी. २३ टी. ८६७५ भारतिय नम्वर पिलेटको मिनी ट्रक सहित चालक भारत लखिमपुर खिरी बस्ने वर्ष २५ को आकिब खाँनलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति शंका लागि चेकजाँच गर्दा उक्त सामान फेला पारी ट्रक, सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।   

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।