प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०८३-०६-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ शिवपुरी धाम स्थित वर्ष ५२ को गणेश खड्काको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज गणेश खड्का सहित ७ जनालाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.५१,८७५।- (एकाउन्न हजार आठ सय पचहत्तर ) र २ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२३

    कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने १९ वर्षीय यालिस भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ९ सय ३० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले यालिसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।    अछाम, साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने सोही नगरपालिका-१० बाब्ला घर भएका ५३ वर्षीय प्रताप बटालालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २५ ग्राम २ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धि आवश्यक अनुसन्धान भैरहेको छ ।