प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

   कैलाली- मिति २०८०/०३/१० गते दिउसो जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १२ जुगेडा A गाउ स्थित ऐ.ऐ. बस्ने बर्ष ३५ को शेर बहादुर भण्डारीले संचालन गरेको ऐ. स्थित रहेको दुर्गेश्चरी मासु पसलमा शंका लागी चेकजाच गर्दा निजले लुकाई छिपाई राखेको शुद्ध तौल १ ग्राम ला.औ. खैरो हिरोइन फेला पारेको र निज शेर बहादुर भण्डारी सहित ऐ.ऐ. बस्ने बर्ष २७ को ला.औ. सेवन कर्ता राकेश भट्टलाई समेतलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरि, आइतबार साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ मनेहरा स्थित ऐ.ऐ.बस्ने बर्ष २५ को गोबिन्द रानालाई शंका लागी चेकजाच गर्दा निजको साथबाट शुद्ध तौल १ ग्राम ७ मिलिग्राम ला.औ. खैरोहिरोइन फेला पारी निजलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०३-३०

   कञ्चनपुर:- मिति २०८१।०३।२९ गते २१:३० बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासी स्थित सोही ठाउँ बस्ने जिवन शर्माको घर कोठामा शंका लागी रितपुर्बक खानतलाशी गर्दा निज सुत्ने कोठाको फ्रिज माथी रहेको प्लाष्टिकको गमलामा लुकाई छिपाई राखेको अवस्थामा ०.२४ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र SPASMO - TAD लेखिएको क्याप्सुल थान ५ समेत फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पादर्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।    यसैगरी, मिति २०८१।०३।२९ गते १६:३० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ स्थित सोही ठाउँ बस्ने बर्ष ६४ को राई भान ठगुन्नाले संञ्चालन गरेको खुद्रा पसलमा  शंका लागि रितपुर्बक खानतलाशी गर्दा चाउचाउको पेटी भित्र लुकाई छिपाई राखेको अवस्थामा ४३.१३ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ  सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   यसैगरी, मिति २०८१।०३।२९ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ मणिकाधामबाट सोही ठाउँ बस्ने बर्ष २२ को करन जप्रेललाई शंका लागि चेकजाँच गर्दा ५.१८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   कैलाली:- मिति २०८१।०३।२९ गते १८:४५ बजेको प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा टिकापुर न.पा.१ ब्लक नम्बर १३ बस्ने बर्ष २४ को बिकास सेरचनलाई शंका लागि चेकजाँच गर्दा ९३० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-३०

     कैलाली:- मिति २०८१।०३।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, विश्वनाथ मन्दिर नजिक, ऐ. १४ डिपो बजार  र टीकापुर न.पा.९ खक्रोला स्थित भित्री सडक खण्ड, बालुवाटार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८५,०००।– बराबरको प्याज, चिनी, साबुन, पास्ता, सुर्ती, बिडी, कस्मेटिक सामान, साईकलका टायर, टियूब, धोती, कुर्ती, कुर्ती सेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा  मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।