भिरबाट लडेर मृत्यु
२०८०-०६-१७
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पडेंस बस्ने बर्ष ५५ को रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ । बुधबार दिउँसो निज घरबाट सदरमुकाम चैनपुर बजार तर्फ आउने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट एक्कासी अन्दाजी २५० मिटर तल खस्न गई निजको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप अनुसन्धान भईरहेको छ ।