प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-१३

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– (तिन लाख) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ बस्ने बर्ष ३५ को बिरेन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रबार विहान भारत तर्फ गइ रहेको अवस्थामा सोही न.पा.११ स्थित ७ नम्वर पिल्लर नजिकबाट पक्राउ गरेको हो । 

      यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।१२।२३ गतेको फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१० प्रधान टोल बस्ने बर्ष ३१ को गणेश सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी,  कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रबार विहान सोही न.पा.१० कालिका हाट बजारबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।