प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।– बराबरको चिनी,मिश्री,दाल लगायतका सामानहरु,भिमदत्त न.पा. १० बिधुत कार्यालय अगाडीबाट अन्दाजी मूल्य रु. १५,०००।– बराबरको बिडी,प्लाष्टिक लगायतका सामानहरु, शुक्लाफाँटा न.पा. १२ कालागौडी पुलबाट अन्दाजी मूल्य रु. ४५,००० ।– बराबरको कुर्ता सुरुवाल, बच्चाले लगाउने दाउरा सुरुवाल लगायतका सामानहरु र बेलौरी न.पा.१० सडकघाटबाट अन्दाजी मूल्य रु. १५,५००।- बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा अन्दाजी मूल्य रु.१,२५,५००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ४ गोल मार्केटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।– बराबरको लेडिज सुट,कुर्ती,धोती लगायतका सामानहरु र ऐ.९ बङ्ग्राकटानबाट अन्दाजी मूल्य रु. ६६,०००। बराबरको चिनी,प्लाष्टिक डोरी,बिडी,सुर्ति लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.९६,०००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

      दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा.९ दत्तुबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ८०,५००।– (असी हजार पाँच सय)  बराबरको जकेट लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।