प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।– बराबरको चिनी,मिश्री,दाल लगायतका सामानहरु,भिमदत्त न.पा. १० बिधुत कार्यालय अगाडीबाट अन्दाजी मूल्य रु. १५,०००।– बराबरको बिडी,प्लाष्टिक लगायतका सामानहरु, शुक्लाफाँटा न.पा. १२ कालागौडी पुलबाट अन्दाजी मूल्य रु. ४५,००० ।– बराबरको कुर्ता सुरुवाल, बच्चाले लगाउने दाउरा सुरुवाल लगायतका सामानहरु र बेलौरी न.पा.१० सडकघाटबाट अन्दाजी मूल्य रु. १५,५००।- बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा अन्दाजी मूल्य रु.१,२५,५००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ४ गोल मार्केटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।– बराबरको लेडिज सुट,कुर्ती,धोती लगायतका सामानहरु र ऐ.९ बङ्ग्राकटानबाट अन्दाजी मूल्य रु. ६६,०००। बराबरको चिनी,प्लाष्टिक डोरी,बिडी,सुर्ति लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.९६,०००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

      दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा.९ दत्तुबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ८०,५००।– (असी हजार पाँच सय)  बराबरको जकेट लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
रोकि राखेको ट्याक्टर अनियन्त्रित भई खस्दा वालिकाको मृत्यु
२०८३-०२-११

       कैलाली:- जिल्ला कैलाली मोहन्याल गा.पा.६ सोल्टा स्थित बागरादेखी सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकबाट अन्दाजी १५/१६ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरको छोरी वर्ष ९ की जैसरा सिजापतिलाई चोट लाग्न गई घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँ बस्ने नवराज वि.क.को छोरी वर्ष ५ की मनिषा वि.क. घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ट्याक्टर धनी मोहन्याल गा.पा.६ बस्ने वर्ष २२ को जिवन वि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक जिल्ला सुर्खेत, वि.न.पा. छिन्छु बस्ने सशिप ओली फरार रहेकोले निजको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा देश भारत लखिमपुरी जिल्ला तेकुनिया बस्ने बर्ष २८ को विकाश कुमार र बर्ष ३४ को मन्जोत सिंह रहेका छन ।  भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी. ३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.६ बस्ने बर्ष २३ को आशिष शाही र वर्ष १९ को ओम प्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-११

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,२५०।– बराबरको चिनी, मिठाई, पानिपुरी, मसला, सरप, कुर्ति, दोपट्टा, छिद्रा माछा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, ऐ.११ भुजेला र लालझाडी गा.पा. १ नौरङगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,७४०।– बराबरको चप्पल, सुटपिस, केरा, विभिन्न किसिमका इलेक्ट्रिक सामान, किराना लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-११

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.   १. चोरी मुद्दामा ३ महिना कैद सजाय, रु.१५,०००।– जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकासबस्ती बस्ने बर्ष २६ को महेश राना ।     २. कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बस्ने बर्ष ३३ को सेवराज राना ।