अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०७-१७
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१०
सिमलघाटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी
मूल्य रु. ७६,३००।- बराबरको लेडिज सुट,उनी स्वीटर,प्लाष्टिक माला लगायतका सामानहरु, धनगढी उ.म.न.पा. २ भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु. ४०,३२०।- बराबरको चिनी,चप्पल,पित्तलको दियो,घण्टी,सप्तरंगी टिका लगायतका सामानहरु र भजनी न.पा. ५ लखरैयाबाट अन्दाजी मूल्य रु. १२,०००।– बराबरको पोटास गरि जम्मा अन्दाजी मूल्य रु.१,२८,६२०।–बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती
टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो
।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित गुम्बा नजिकबाट अबैध रुपमा भारतबाट
भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७६,७००।- बराबरको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल,लेडिज उनी स्वीटर लगायतका सामानहरु बिहीबार
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि
नियन्त्रणमा लिएको हो ।
यसैगरि,
जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नम्वर ४
गल्ली नं. ५ स्थित रहेको ऐ.बस्ने बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट
पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५,५०,०००।- ( पाँच
लाख पचास हजार ) बराबरको डि.ए.पि.( D.A.P) मल, युरिया मल, कोपीला पशु
आहार, धनियाको बिउ लगायतका सामानहरु बिहीबार साँझतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक
प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरि, जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट
भन्सार छली गरि अबैध रुपमा भारत तर्फ निर्यात गर्ने उद्देश्यले लुकाई छिपाई राखेको
Made in china लेखेको १०० वटा पेटी
लाईटर र ओखर ६० के.जी.गरि अन्दाजी मूल्य
रु. ६,७४,०००।– ( छ लाख चौहत्तर हजार)
बराबरको सामान बिहीबार राती ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट
खटिएको प्रहरी गस्ती टोलीले फेला पारी सामान सहित उक्त कार्यमा संलग्न जिल्ला
चम्पावत, पोष्ट अफिस बनबास,भारत घर भएको बर्ष ३८ को दिपक जोशीलाई प्रहरीले
नियन्त्रणमा लिएको हो ।