लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर व्यारेल नजिकबाट २४०
मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित
जिल्ला बैतडी,पाटन न.पा. ४ बस्ने
बर्ष २१ को भरत महरालाई बिहीबार साँझतिर प्रहरीले
पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका
लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।