प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०७-२०

  • A
  • A-
  • A+
Share

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ३ बडारा नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५९,२००।– बराबरको लेडिज सुट,प्लाजा, चिनी,चकलेट,मिठाई लगायतका सामानहरु, धनगढी उ.म.न.पा. ४ संचयकोष कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. १,००,०००।- बराबरको लेडिज सुट,तामाको करुवा,ईलेक्ट्रोनिक दियो,दिपावलीका अन्य सामानहरु, धनगढी उ.म.न.पा. ७ मनहेराबाट अन्दाजी मूल्य रु. ६,०००।– बराबरको चिनी र  धनगढी उ.म.न.पा. ९ बाग्राकटानबाट अन्दाजी मूल्य रु. ७,५००।– बराबरको माछाको छिद्रा गरि जम्मा अन्दाजी मूल्य रु.१,७२,७००बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त न.पा. वडा नं. ६ बनखेतबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.१,३४,६१०।- बराबरको चिनी,गुड,बेसन,दाल,मिश्रीको धुलो,पापड,बिडी,पेठा लगायतका सामानहरु र भिमदत्त न.पा.१० बिधुत कार्यालय अगाडीबाट अन्दाजी मूल्य रु. ५५,०००।- बराबरको कस्मेटिक सामान र पटाका गरि जम्मा अन्दाजी मूल्य रु.१,८९,६१०बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।