लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.ऐ. २ बस्ने १७ बर्षिय किशोरलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थमा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल र निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।