प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०९-१७

  • A
  • A-
  • A+
Share

  कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.ऐ. २ बस्ने १७ बर्षिय किशोरलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।  ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  निजले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थमा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल र निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।