अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. २ ट्राफिक
चौराह नजिकबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८६०।–बराबरको
मिठाई,नरिवल,आन्टि,पास्ता लगायतका सामानहरु आईतबार साँझतिर प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ कोटेश्वर मन्दिर नजिकैबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३२,०००।–बराबरको सोफा सेट आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।