अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा.३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ वस्ने बर्ष २८ को सुरज लौकुस्मलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।