बिस्फोट हुँदा ४ जना घाईते
२०८०-११-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, चुरे गाउँपालिका ३ भीमदत्त राजमार्ग स्थित भासु भिर नजिक सडक चौडा गर्ने क्रममा JCB ले खनिरहेको अनस्थामा जमिन भित्र बाट नाम नखुलेको बिस्फोटक पदार्थ बुधबार साँझतिर बिष्फोट हुन गई ४ जना मानिसहरु घाईते भएका छन । घाईते हुनेहरुमा JCB चालक जिल्ला डडेल्धुरा आलिताल गा.पा.८ बस्ने बर्ष २४ को बिकाश थापा (सामान्य घाईते), जिल्ला कैलाली चुरे गा.पा. ३ बस्ने बर्ष ४५ को बसन्त खडायत(अवस्था सिरियस), जिल्ला सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर बर्ष २२ को हिरा थापा(अवस्था सिरियस), र बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने बर्ष ३५ को नबिन देब (सामान्य घाईते) रहेका छन । निज घाईतेहरुको धनगढी स्थित मायामेट्रो अस्पताल उपचार भईरहेको छ । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिई गई यस सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको छ ।