प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.१ शान्तिनगर, वडा नं. २ मिलन चोक, वडा नं ३ चौराह, वडा नं. ८ धनगढी गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,३७५।– बराबरको प्याज,चिनी,मिश्री, भाँडा बर्तन, चियापत्ती,बदाम,तेल,नरिवल, मसला लगायतका सामानहरु र भजनी न.पा.३ जवलपुरबाट अन्दाजी मुल्य रु. ८७,५००।– बराबरको जुत्ता र चप्पल गरि जम्मा अन्दाजी मुल्य रु. २,९७,८७५।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ भुराकोटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२६,०००।– बराबरको चिनी,तोरी,मोटरसाईकल थान-२ सहित बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०३-१३

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– (तिन लाख) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ बस्ने बर्ष ३५ को बिरेन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रबार विहान भारत तर्फ गइ रहेको अवस्थामा सोही न.पा.११ स्थित ७ नम्वर पिल्लर नजिकबाट पक्राउ गरेको हो ।       यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।१२।२३ गतेको फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१० प्रधान टोल बस्ने बर्ष ३१ को गणेश सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी,  कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रबार विहान सोही न.पा.१० कालिका हाट बजारबाट पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१३

     कैलाली:- गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-७ बस्ने १९ वर्षीय भोज राज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।        यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया राजापुर न.पा.८ बस्ने बर्ष २७ को अरुण चौधरी र बर्ष २७ को धन प्रसाद अधिकारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा  उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- बेदकोट नगरपालिका-६ सिसैया बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, बेदकोट नगरपालिका-७ मन्दिरपुर बस्ने २६ वर्षीय सुनिल डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम र नगद ८ हजार ४ सय ४५ रूपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरील उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।          

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१२

      कञ्चनपुर:- कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष १९ को प्रेम योगीलाई विहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।