अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.१ शान्तिनगर, वडा नं. २ मिलन चोक, वडा नं ३ चौराह, वडा नं. ८ धनगढी गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,३७५।– बराबरको प्याज,चिनी,मिश्री, भाँडा बर्तन, चियापत्ती,बदाम,तेल,नरिवल, मसला लगायतका सामानहरु र भजनी न.पा.३ जवलपुरबाट अन्दाजी मुल्य रु. ८७,५००।– बराबरको जुत्ता र चप्पल गरि जम्मा अन्दाजी मुल्य रु. २,९७,८७५।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ भुराकोटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२६,०००।– बराबरको चिनी,तोरी,मोटरसाईकल थान-२ सहित बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।