प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-११-२८

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

   निम्न:-

१. चोरि मुद्दामा १० दिन कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ११ बस्ने डम्बर राना ।

२. चेक अनादर मुद्दामा रु.५००।–जरिवाना ठहर भएका टिकापुर न.पा.९ बस्ने किरन चौधरी ।

३. लागु औषध मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका  टिकापुर न.पा.६ बस्ने बिजय शाही ।

४. बन मुद्दामा रु.८१,१०१।– जरिवाना ठहर भएका टिकापुर न.पा.३ बस्ने दिल बहादुर भुल ।

५. बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.४ बस्ने जगत कुँवर ।

६. चोरी मुद्दामा २२  दिन कैद सजाय र रु.११,३९०।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ८ बस्ने कमल पाण्डे ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय र रु.२०००।- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर भिमदत्त न.पा.- १८ बस्ने  बर्ष २८ को प्रकाश नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानाबाट पक्राउ गरेको हो । 

। 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।