प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-११-२८

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

   निम्न:-

१. चोरि मुद्दामा १० दिन कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ११ बस्ने डम्बर राना ।

२. चेक अनादर मुद्दामा रु.५००।–जरिवाना ठहर भएका टिकापुर न.पा.९ बस्ने किरन चौधरी ।

३. लागु औषध मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका  टिकापुर न.पा.६ बस्ने बिजय शाही ।

४. बन मुद्दामा रु.८१,१०१।– जरिवाना ठहर भएका टिकापुर न.पा.३ बस्ने दिल बहादुर भुल ।

५. बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.४ बस्ने जगत कुँवर ।

६. चोरी मुद्दामा २२  दिन कैद सजाय र रु.११,३९०।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ८ बस्ने कमल पाण्डे ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय र रु.२०००।- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर भिमदत्त न.पा.- १८ बस्ने  बर्ष २८ को प्रकाश नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानाबाट पक्राउ गरेको हो । 

। 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।