प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चौराह,ऐ. ९ सालघाडी, ऐ. १० घुईयाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,५६०।–बराबरको चिनी, मिश्री, सरप, पित्तलको पराद, कुर्ती, बिडी, सुर्ती, चम्चा, गोल्डी मसला, ज्वानो, बोईलर कुखुरा लगायतका सामानहरु,टीकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु.३६,८५०।–बराबरको प्याज,अंगुर,अनार, भजनि न.पा.३ कुसुमघाटबाट अन्दाजी मूल्य रु.२४,०००।–बराबरको चिनी, बिडी, कुरकुरे, प्लाष्टिक झोला, गुट्खा,प्लाष्टिक डोरी लगायतका सामानहरु र लम्कीचुहा न.पा. ३ बल्चौरबाट अन्दाजी मूल्य रु. ९,०००।–बराबरको प्याज गरि जम्मा अन्दाजी मूल्य रु.१,२३,४१०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. १० तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।–बराबरको डिजे, बेलौरी न.पा.६ भुराकोटबाट अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको प्याज,साईकल थान-४, दोधारा चाँदनी न.पा.७ कंचभोजबाट अन्दाजी मूल्य रु. ६,०००।–बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा. १० अमरबस्ती,ऐ. ११ गुम्बाबाट अन्दाजी मूल्य रु. ७६,८००।–बराबरको बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, लेडिज सुट गरि जम्मा अन्दाजी मूल्य रु.१,५४,८००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

यसैगरी:- भिमदत्त नपा १८ गल्लि न. ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५२,५७४।–बराबरको हार्डवेयरका समान, पंखाको व्यारिङ, पंखाको सेल, मोटर क्वाइल, स्माट वाच सानो ठुलो, नट बोल्ट, लगायतका सामान सहित ऐ. १५ बस्ने बर्ष ३२ को भुवन लुहारलाई बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।