प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- गोदावरी नगरपालिका-८ खुटियापुल मुनि सोही नगरपालिका-९ बल्मि बस्ने ५५ वर्षीय राम बहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सम्बन्धित समाचार
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१५

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. ८ बस्ने टिकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा शुक्रबार दिउँसो बिद्युतिय मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेका नगद,सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  जोशीपुर गा.पा. १ स्थित जोशीपुर बस्ने नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा जोशीपुर भजनी सडक किनारमा रहेको बिद्युतको पोलबाट अचानक तार सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेका ४ क्विन्टल कुखुरा गरि अन्दाजी रु.२,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  भजनी न.पा.२ पल्टुपुर बस्ने बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा (गहुको भुसामा) आगलागी हुदाँ आगो हावाको कारणले सर्दै सोही ठाउँ बस्ने जित बहादुर बि.क. र राम लखन चौधरीको काठ र खरले बनेको भुईतले कच्ची घरहरुमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई वटै घर लगायतका सामानहरु गरि अन्दाजी रु. १,८०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी, जानकी गा.पा ९ पुर्वि खैरिफाँट बस्ने रमेश जैशीको खरले छाएको गाइगोठमा  शुक्रबार दिउँसो अचानक आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर अन्दाजी रु.५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर,  पुनर्वास न.पा. ५  बस्ने बाहाली रानाको चार कोठे पक्की घरको उत्तर दक्षीण पट्टीको कोठामा राखेको फ्रिजको स्टिपलाइजरमा शुक्रबार दिउँसो बिद्युतको सट हुन गइ आगलागी हुँदा सो कोठामा राखिएका फ्रिज,काठको दराज,TV,काठको पलङ, टेबुल फ्यान,सिलिङ फ्यान,लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  शुक्लाफाटा न.पा. ७ र बस्ने नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रबार अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्रा जलले मृत्यु भएको र एउटा बाख्रा जलेर घाईते भएको हो ।  उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       डडेल्धुरा:- जिल्ला डडेल्धुरा,  आलिताल गा.पा. ५ सिराडी बस्ने अम्बीका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको कच्ची घरमा नजिकै रहेको बालवान सामुदायिक बनमा लागेको आगोबाट शुक्रबार आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,भाँडा वर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउँन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१५

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. ८  धनगढीगाउबाट, टीकापुर न.पा.८ बालुवाटारस्थित भित्रि सडक खण्डबाट, भजनी न.पा.८ जनकपुरबाट र कैलारी गा.पा.३ खोनपुरघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१२,०८०।–बराबरको प्याज,चिनी,नरिवल,चक्लेट,चप्पल,पंखा,प्लाष्टिक झिल्ली,सिद्रा माछा,माछा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. १० तिनतारा, बेलौरी न.पा. १ फटैया र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४८,७७५।–बराबरको प्याज,चिनी,लेडिज सुट,कपडा, वाईरिङका सामान,जुत्ता, मोटरसाईकलको ट्युव,चेन, हार्डबेयर,किराना  लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८१-०१-१५

    कञ्चनपुर:- भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३९ वर्षीय आन सिह साउँद र ३१ वर्षीय गोबिन्द धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।     कैलाली:- टीकापुर नगरपालिका-१ भुपु कमैया शिविर टोल बस्ने २५ वर्षीय विकास चौधरी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।