प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निम्न:-

१. चोरी मुद्दामा रु.१२,५००।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने अशोक चौधरी ।

२. बिना ईजाजत बन पैदावार काटी ओसार पसार मुद्दामा रु.५,०३६।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने राम कुमार चौधरी ।

३. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  प्रेम चौधरी ।

४. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  शिवराज चौधरी ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९

     कैलाली:-  मिति २०८२।०३।२८ गते १७:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३५ को तपेश खड्का र धनगढी उ.म.न.पा.५ बस्ने बर्ष २६ को दिक्पाल स्वारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३६० क्प्सुल TRAMADOL (३६ पत्ता) प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज हरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 यसैगरी,  मिति २०८२।०३।२८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी F गाँउ वस्ने बर्ष २८ को केदार बोहराको शरिर तथा घर कोठा खान तलासी गर्दा निजको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२८

      कैलाली:-  मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई  शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                यसैगरी,  मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।