प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. २ शिविर बस्ने चित्रे दमाइको गोठको बाहिर पट्टि रहेको चुलोमा बालेको आगोबाट अचानक बुधवार राती गोठमा आगलागी हुँदा गोठका साथै गोठभित्र रहेका एउटा गाई र एउटा गाईको बाच्छो जलि घाईते भएको र ३ वटा बाख्रा जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट अन्दाजी रु.३ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०३

      कैलाली:- मिति २०८२।०८।०२ गते १५:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित बिस्कुट फ्याक्ट्री अगाडीबाट सोही ठाउँ  बस्ने बर्ष २७ को अनिल चौधरीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी,  मिति २०८२।०८।०२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.६ झलझलिया स्थित जंगलमा लागूऔषध खैरो हेरोईन कारोबार तथा सेवन गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ऐ. बछुरिया बस्ने बर्ष ३० को भिम बहादुर दमाई र बर्ष २६ को तपेन्द्र बहादुर थापा लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सेवन गर्दै बसिरहेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा ३ ग्राम १४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरुको घरमा समेत खानतलासी गर्दा भिम बहादुर दमाईको घरमा समेत लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम २५० मिलिग्राम गरी जम्मा ८ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:- मिति २०८२।०८।०२  गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ,  मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, गोदावरी न.पा.८ श्रीपुर बस्ने बर्ष २६ को रामजनम चौधरी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २८ को उमेश चौधरी सहित दुवै जनालाई प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                               यसैगरी, मिति २०८२।०८।०२ गते १६:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ खैराना स्थित भारतबाट नेपाल आउँदै गरेकी  सोही ठाउँ बस्ने बर्ष ३१ की सावित्री चौधरीलाई खानतलासी गर्दा निजको साथबाट ४ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी, मिति २०८२।०८।०२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गडडाचौकी चेकपोष्ट स्थित भारतबाट नेपाल आउँदै गरेको अवस्थामा  जिल्ला कञ्चनपुर, बेदकोट न.पा.९ लालपुर बस्ने बर्ष २१ को अरबिन्द रोकाया, ऐ.३ बस्ने बर्ष २० को सुमित साँउद र ऐ.१० बस्ने बर्ष २१ को साजन कठायतलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

फरार प्रतिबादी पक्राउ
२०८२-०८-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको । १.      सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको सन्दिप चौधरी । २.      लागूऔषध मुद्दमा २ महिना कैद सजाय तोकिएको तपेन्द्र बोहरा । ३.      भबितब्य ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.५००।- जरिवाना तोकिएको सेते भण्डारी । ४.      लागूऔषध मुद्दमा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २० को महेश राना । ५.      किर्ते मुद्दामा ११ महिना ६ दिन कैद सजाय र रु.५०।- जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने बर्ष ३७ को सतुराम चौधरी । ६.      लागूऔषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष ४५ की गौरव श्रेष्ठ ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको फैसलाले लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.११ बस्ने बर्ष २८ को गणेश अबस्थीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।          दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०२  गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको । १.      अभद्र व्यवहार गर्न नहुने मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, महाकाली न.पा.७ धाप बस्ने बर्ष २५ को सुरेश राम कोली  । २.      बिदेशी विनिमय अपचलन मुद्दामा रु.७७,३४८.७०।– जरिवाना तोकिएको जिल्ला दार्चुला, दुँहुँ गा.पा.१ पिपलचौरी बस्ने बर्ष ३२ को तेज बहादुर बम ।