अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बजारबाट १४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २० को समिर खड्कालाइ शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमाला,कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी,आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।