अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-०६
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने बर्ष १९ की आश्मा श्रेष्टलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।