प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०१-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ज्ञानु प्लाजा,चटकपुर, ऐ.७  सरस्वती मा.बि. नजिक, भजनी न.पा.५ लालबोझी, ऐ.८ काडाढीक, टीकापुर न.पा. ९ खक्रौला र कैलारी गा.पा.५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,०५,७४०।–बराबरको प्याज, चिनी, सुर्ती, नरिवल, खानेतेल, जिरा, बिडी,तर्बुजा, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, वाल फ्यान, बोईलर कुखुरा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   कञ्चनपुर:- मिति २०८१।०१।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय, ऐ.११ चौकीसत्ता र बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२६,०३०।–बराबरको चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामानहरु, चप्पल, पेय पदार्थ, माछा समेतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   यसैगरी, मिति २०८१।०१।२१ गते०२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, लालझाडी गाउपालिका वडा नम्बर १ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्याक्टरमा ल्याउदै गरेको अबस्थामा अन्दाजी मूल्य रु.५,३८,३००।– बराबरको प्याज,पेय पदार्थ, माछा लगायत ट्याक्टर थान- १ सहित ट्याक्टर चालक कृष्णपुर नगरपालिका ८ बस्ने बर्ष १८ को अनिल रानालाई फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०५

    कैलाली:- मिति २०८१।०२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट र टीकापुर न.पा. ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,७७०।– बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासि, ऐ.१० बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा.११ डोकेबजार, गुम्बा र बेलडाँडी गा.पा. ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४०,२३०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।यसैगरी, मिति २०८१।०२।०५ गते ०४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६३,९००।– बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिनाको नम्बर पिलेटको ट्याक्टर थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३५ को रमेश राना (चालक), बर्ष २९ को प्रमोद राना र बर्ष १८ को बसन्त राना गरि ३ जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   बैतडी:- मिति २०८१।०२।०४ गते १७:१५ बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,७९०।–  बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०४

   कैलाली:- मिति २०८१।०२।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.४ बोराडाडी,  टीकापुर न.पा. ८ बटनपुर, भजनि न.पा. ३ पकडीया र  ऐ. ८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,५९०।–  बराबरको प्याज, चिनी, बिडी, सरप, अचार, नरिवल, सुर्ती, आलु, प्लाष्टिक झिल्ली, टेबुल पंखा, साइकलको टायर, ट्याक्टरका पार्ट पुर्जा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   यसैगरी, मिति २०८१।०२।०३ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बङग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,६५०।– बराबरको गन्जी, अण्डर वेयर, कुर्ती , कुर्ती प्लाजा, सुट पिस लगायतका सामानहरु सहित ऐ. ८ बस्ने बर्ष ३५ को बुद्वीराम चौधरीलाई सु.प.प्र.०१०१० प ८६७८ नम्बरको स्कुटि सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. चोरी मुद्दामा १५ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा. १ बस्ने बर्ष २९ को सोनि नेपाली ।२. चोरी मुद्दामा २ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को कमल वली ।३. घरेलु हिंसा मुद्दामा रु.१५,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ६० की चन्द्रा साउँद ।