प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

दार्चुला :- मिति २०८१।०२।०७ गते जिल्ला दार्चुला, नौगाड गा.पा.६ स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,५००।– बराबरको ५५० किलोग्राम चिनी सहित ऐ. ३ बस्ने बर्ष ३३ को केशव ठगुन्नाले चलाएको से.१ ज ६६० नम्बरको जिप सहित अस्थाई प्रहरी पोष्ट धुलिगडा, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-१०

    कैलाली:- मिति २०८१।०३।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ पुरानो भन्सार रोड, ऐ. ३ ट्रफिक चौराह,  ऐ.४ बसपार्क नजिक र शहिद गेट, ऐ. ९ भट्टाटोल, ऐ. १३ राजपुर चोक, गोदावरी न.पा.२ रिङरोड र टीकापुर न.पा.९ बालुवाटार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,५०,२८३।– बराबरको चिनी, पेय पदार्थ, सुर्ती, मिठाई, दाल, सरप, मैदा, खुर्सानी, कुर्ता सुरवाल, चप्पल, प्रेशर कुकरको रवर, किरानाका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०३।०९ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको बिजुलीका बल्भ, टर्चलाईट, पंखाका पाताहरु, मच्छर मार्ने चार्जर मसिन, काँटा,  प्लाष्टिक बोतल, मोटरसाइकल थान -१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०३-१०

    कञ्चनपुर:- मिति २०८१।०३।०९ गते १३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणीबाट सोही ठाउँ बस्ने वर्ष ५६ को हरीलाल ऐरलाई निजले संञ्चालन गरेको खुद्रा पसलबाट गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा २९.३५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।     यसैगरी, मिति २०८१।०३।०९ गते १८:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट शंका लागि चेकजाँच गर्दा ऐ.२ बस्ने बर्ष २९ को पुरुषोत्तम जोशीलाई २.६३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०९

   कैलाली:- मिति २०८१।०३।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ३ बिद्युत कार्यालय नजिक र बिशालनगर, ऐ.४ बसपार्क, ऐ.९ त्रिबेणीघाट, ऐ.१४ H गाँउघाट, गोदावरी न.पा.२ पहाड रोड बसपार्क नजिक, गौरीगंगा न.पा. १० उदासीपुर, भजनी न.पा.२ कटानपुर र कैलारी गा.पा.३ निमुवा बोझिबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७२,४४०।– बराबरको चिनी, सुजि, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लाष्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०३।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा जाने बाटो नजिक र बेलौरी न.पा. ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५७,०२०।– बराबरको ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी,भाईरल चप्पल,रुमाल,गन्जी,अन्डरबेयर,कस्मेटिकको सामान, किरनाको सामान, इन्भटर, ब्याट्री  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।