फरार प्रतिवादी पक्राउ
२०८१-०२-१५
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित विशेष अदालत बबरमहल काठमाण्डौंको मिति २०८०।०९।२५ गतेको फैसलाले सार्वजनिक सम्पत्ति हिमामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ३ बर्ष कैद सजाय र रू. ११,६९,०४२।- रूपैयाँ ४४ पैसा जरिवाना ठहर भई फरार रहेका बेदकोट न.पा.३ दैजी बस्ने बर्ष ४८ को दिपेन्द्र प्रसाद पनेरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश भई जिल्ला कारागार कञ्चनपुर चलान गरीएको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अंश मुद्दामा रु.१,०६,४१०।- जरिवाना ठहर भई फरार रहेकी अमरगढी न.पा.३ बस्ने बर्ष ८१ की धना देबी शाहलाई अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नवदुर्गा गा.पा.१ ऐरोडाबाट पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको ।