भन्सार छली ल्याईएका सामान बरामद
२०७९-१०-१९
- A
- A-
- A+
मिति २०७९/१०/१९ गते बिहान ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले टीकापुर न.पा.४ अस्नेहरीस्थित सडक खण्डमा भारतबाट भन्सार छली गरि ल्याउदै गरेको ४.५ बोरा अं.मुल्य ३०,०००। बराबरको बदाम,तिनवटा साईकल र ४ जना मानिस सहित नियन्त्रणमा लिएको ।
यसैगरि,मिति २०७९।१०।१९ गते बिहान प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.११ डोकेबजार स्थित भन्सार छली गरि ल्याई लुकाई छिपाई बेवारिसे अवस्थामा रहेका बिडि,सुपरपावर सुर्ति,फेयर लब्लि लगायत सामानहरु अन्दाजी मुल्य रु.३,९६२/- बराबरको फेला पारीनियन्त्रणमा लिएको । आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको ।