प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छली ल्याईएका सामान बरामद

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

मिति २०७९/१०/१९ गते बिहान ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले टीकापुर न.पा.४ अस्नेहरीस्थित सडक खण्डमा भारतबाट भन्सार छली गरि ल्याउदै गरेको ४.५ बोरा अं.मुल्य ३०,०००। बराबरको बदाम,तिनवटा साईकल र ४ जना मानिस सहित नियन्त्रणमा लिएको । 

    यसैगरि,मिति २०७९।१०।१९ गते बिहान प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.११ डोकेबजार स्थित भन्सार छली गरि ल्याई लुकाई छिपाई बेवारिसे अवस्थामा रहेका बिडि,सुपरपावर सुर्ति,फेयर लब्लि लगायत सामानहरु अन्दाजी मुल्य रु.३,९६२/- बराबरको फेला पारीनियन्त्रणमा लिएको । आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।