प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२९ गते १८:५० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.७ चर्रा स्थित हुलाकी सडक-खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २२ को आसिस कुमार चौधरी गम्भिर घाईते भई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको,  मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २२ को डेबिट चौधरीको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको, ट्याक्टर र ट्याकटर चालक जिल्ला कैलाली, भजनी न.पा.७ बस्ने बर्ष ५२ को शिब कुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  । 

    डडेल्धुरा:- मिति २०८१।०६।३० गते ००:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ७  खस्रेखाँन स्थित राजमार्गमा महेन्द्रनगरबाट पुर्चौडी बैतडी तर्फ जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस सडकबाट अन्दाजी २५०/३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार जिल्ला बैतडी, पुर्चौडी न.पा.३ बस्ने बर्ष ४५ की जैमती बोहरा, ऐ.ऐ. बस्ने कमला बोहराको छोरा २ दिनको नाबालक, ऐ.ऐ. बस्ने बर्ष २२ को सहदेव बोहरा , ऐ.ऐ. बस्ने बर्ष २१ की कमला बोहरा र ऐ. १० बस्ने बर्ष ७० कि गोबरी महरा समेत ५ (पाँच) जनाको मृत्यु भएको, जिल्ला डडेल्धुरा, आलिताल गा.पा. १ बस्ने बर्ष २१ को मुकुन्द बोहरा र चालक जिल्ला बैतडी, पुर्चौडी न.पा. ८ बस्ने बर्ष २४ को बिरेन्द्र बोहरालाई थप उपचारको लागि धनगढी रिफर गरेको, अन्य १० जना घाईतेहरुको डडेल्धुरा अस्पतामा उपचार भईरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०५-०९

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,१२,५९६।- बराबरको IPHONE मोवाईल थान-५ सहित दोधरा चाँदनी न.पा.९ बस्ने वर्ष २६ को गौतम जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त IPHONE  सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९६,२००।- बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ वोरा र साइकल थान-२ सहित भारत लखिमपुर कमलापुर बस्ने वर्ष ३२ को शिवानन्द शर्मा, ऐ.ऐ. बस्ने वर्ष ३० को वाहिद अली र  जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने वर्ष २० को कैलाश जोशीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७८,०००।– बराबरको साडी, बोईलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०५-०९

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१. ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.१० बस्ने वर्ष ३२ को श्याम बहादुर चौधरी ।२. बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र रु.१,५१०।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने राज बहादुर थापा ।३. चेक अनादर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने केशवराज जैशी ।४. लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा न.पा.१० बस्ने खेम बहादुर चौधरी ।५. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु ५०,००।- जनही तोकिएका टीकापुर न.पा.७ वैदी बस्ने वर्ष २७ को (माता भन्ने) सुनिल मिस्त्री,  ऐ.ऐ.९ बौनिया बस्ने वर्ष ३४ की हिरामोती डगौरा थारु र ऐ.ऐ.बस्ने वर्ष ४५ की लाली डगौरा । ६. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु १५,०००।- जनही तोकिएका भजनी न.पा.१ गौनिया बस्ने वर्ष ५० को जयराम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४४ को पदम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४५ को लहानु डगौरा र ऐ.ऐ.बस्ने वर्ष ५४ को बाबुराम डगौरा ।