लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०७९/११/०४ गते साझको समयमा ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ४ किचाई बस्ने बर्ष अ. ५० को बलबिर भट्टको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागु औषध चरेस फेला पारी निजलाई पक्राउ गरेको हो ।
यसैगरि बिहिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भीमदत्त न.पा.३ भाँसी स्थित कोठा भाडा गरी बस्ने ऐ. बेदकोट न.पा.१० वस्ने बर्ष १९ को बिवेक बोहराको साथबाट ३.५६ ग्राम ला.औ. (चरेश) र निजकै साथाबाट ०.१४ ग्राम ला.औ. (खैरो हेरोईन) प्रहरीले बरामद गरेको हो । निज बिबेक बोहरा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।