प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०७९/११/०४ गते साझको समयमा ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ४ किचाई बस्ने बर्ष अ. ५० को बलबिर भट्टको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागु औषध चरेस फेला पारी निजलाई पक्राउ गरेको हो । 

यसैगरि बिहिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भीमदत्त न.पा.३ भाँसी स्थित कोठा भाडा गरी बस्ने ऐ. बेदकोट न.पा.१० वस्ने बर्ष १९ को बिवेक बोहराको साथबाट ३.५६ ग्राम ला.औ. (चरेश) र निजकै साथाबाट ०.१४ ग्राम ला.औ. (खैरो हेरोईन) प्रहरीले बरामद गरेको हो । निज बिबेक बोहरा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।