प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८३-०२-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली गोदाबरी न.पा.९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.१,७०,०००।बराबरको धनमाल जलेर नष्ट भएको होआगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको,  आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।

     बाजुरा :-  जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले ८ कोठे कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा गोठमा बाधेका २ वटा  बाख्रा जलेर मृत्यु भएको हो । आगलागीबाट घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो, क्षतिको विवरण आउन वाँकि रहेको छ, मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।