लागु औषध चरेस सहित मानिस पक्राउ
२०७९-११-०७
- A
- A-
- A+
कञ्चनपुर: मिति २०७९।११।०७ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं.५ पोलखरी बस्ने बर्ष अं.६५ को दल बहादुर बोहराको किराना पसलबाट ३९८ ग्राम ( तिन सय अन्ठानब्बे ग्राम मात्र ) लागु औषध (चरेस) सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।