प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध चरेस सहित मानिस पक्राउ

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

कञ्चनपुर: मिति २०७९।११।०७ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं.५ पोलखरी बस्ने बर्ष अं.६५ को दल बहादुर बोहराको किराना पसलबाट ३९८ ग्राम ( तिन सय अन्ठानब्बे ग्राम मात्र ) लागु औषध (चरेस) सहित निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८

कैलाली:- कैलाली धनगढी उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२१,६००।–  बराबरको छिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।–  बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय पदार्थ,कपडा र किराना लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।