कर्तब्य ज्यान मुद्वाको फरार प्रतिबादी पक्राउ
२०७९-११-११
- A
- A-
- A+
मिति २०७९।११।१० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले मिति २०६२।०५।२५ गते मु.द.नं. ३४ करेन्ट लागी मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दामा वारदत मितीबाटै भागी फरार प्रतिबादी जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १४ बनकट्टी बस्ने बर्ष ५८ को हर्क बहादुर ऐडीलाई निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुको हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको छ ।