प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१०-१०

  • A
  • A-
  • A+
Share

        बैतडी:- मिति २०८१।१०।०९ गते १५:०० बजेको समयमा जिल्ला बैतडी, पुर्चौडी न.पा.४ भटना बस्ने डम्मर देव भट्टको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले चार कोठे घरमा दियोबाट आगलागी हुँदा नगद, गरगहना, खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.७,२५,०००।– (सात लाख पच्चिस हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।  


सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।