प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०२-१०

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ शिशा पोष्ट र बर्दगोरिया गा.पा.६ बासकोटि स्थित भित्री सडकखण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,९५५।– बराबरको जेन्स कुर्ता, कट्टु, टप्स, पानीपुरी, मोटरसाइकलका पार्ट/पुर्जा  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।               

      कञ्चनपुर:- मिति २०८२।०२।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू दोधारा चाँदनी न.पा.४ करन चौराहा नजिक सडक छेउ र ऐ.७ मिलन चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.६,९४,६३२।- बराबरको आई फोन मोवायल, चिनी, दाल, किरानाका सामान, मोटरसाईकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

सम्बन्धित समाचार