फरार प्रतिबादी पक्राउ
२०७९-१२-१४
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।१४
गतेको बिहान ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला
कैलाली गोदावरी न.पा. १ र ४ स्थित लुकिछिपि बसेका निम्न मुद्वाका निम्न फरार
प्रतिबादीहरुलाई पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी प्रहरीले सम्मानित
कैलाली जिल्ला अदालतमा पेश गरेको हो ।
निम्न;-
१) जिल्ला कैलाली
गोदावरी न.पा. १ बस्ने बर्ष ६० को दुर्गा दत्त बडु- ला.औं.मुद्दाको जरीवाना रू ५०००/-
२)
ऐ.४ बस्ने बर्ष ६४ को भजन सिंह देउवा- वन मुद्दाको जरिवाना रू २०३२८/-