प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकको ठक्करबाट पैदल यात्रिको मृत्यु

२०८२-०२-१७

  • A
  • A-
  • A+
Share

      बैतडी:- मिति २०८२।०२।१६ गते २१:२० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.५ बिष्टपाली स्थित सतबाझ श्रीभाबर भित्री सडक खण्डमा धनगढीबाट बिष्टपाली तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ८१ को महाबिर बिष्टलाई ठक्कर दिदा घाईते भई उपचारको लागी धनगढी ल्याउने क्रममा  ऐ.२१:५० बजेको समयमा बाटोमा नै मृत्यु भएको, मिनी टाटा ट्रक र ट्रक चालक ऐ.२ ग्वानी बस्ने बर्ष ३१ को मान सिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।        


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।