प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस पक्राउ

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०७९/१२/१४ गतेको राती ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बंसाहाबाट  खटिएको संयुक्त गस्ति टोलिले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. १८ बस्ने बर्ष २४ को तपेन्द्र चौधरीले चलाएको म.२.प.२९७८ न.को मो.सा. र सोहि मो.सा. पछाडि सवार ऐ.वडा न. ८ भाँसी बस्ने बर्ष २२ को सुमित चौधरीलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट  ८ ग्राम खैरो हरोईन (लागु औषध) जस्तो देखिने खैरो धुलो पदार्थ र एन्टिकफ नामक १८ टेब्लेट, प्रिगा नामक १६ वटा टेब्लेट समेत फेलापारी प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।