प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस पक्राउ

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०७९/१२/१४ गतेको राती ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बंसाहाबाट  खटिएको संयुक्त गस्ति टोलिले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. १८ बस्ने बर्ष २४ को तपेन्द्र चौधरीले चलाएको म.२.प.२९७८ न.को मो.सा. र सोहि मो.सा. पछाडि सवार ऐ.वडा न. ८ भाँसी बस्ने बर्ष २२ को सुमित चौधरीलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट  ८ ग्राम खैरो हरोईन (लागु औषध) जस्तो देखिने खैरो धुलो पदार्थ र एन्टिकफ नामक १८ टेब्लेट, प्रिगा नामक १६ वटा टेब्लेट समेत फेलापारी प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।