प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१०-२८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको जुत्ता मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-२८

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।२७ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. लागूऔषध चरेश मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला बझाङ, बित्थडचिर गा.पा.२ बस्ने करन बहादुर बोहरा  ।२. लागूऔषध मुद्दामा १ महिना २२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ बस्ने बर्ष २७ को गणेश राना ।३. आगो लगाएको मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १७ बस्ने गंगाराम पार्की ।

अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२८

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्कीचुहा न.पा.१ बस्ने बर्ष २८ को सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.२ अत्तरिया स्थित बसपार्कबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला दार्चुला, लेकम गा.पा.४ बस्ने बर्ष २८ को राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली लम्कीचुहा न.पा.३ चिसापानीबाट २२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत उत्तराखण्ड प्रदेश चम्पावत जिल्ला पुर्णागिरी नगरपालिका बनबासा बस्ने बर्ष ३० को हर्दिप चन्दलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरीले टोलीले पुर्वपश्चिम राजमार्ग सडक खण्डमा महेन्द्रनगरबाट नेपालगंज तर्फ जाँदै गरेको डी.एल. ६ एस.बि.सि.५१०० नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      

अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२६

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ राजपुरबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उ.म.न.पा. १ बस्ने बर्ष २९ को दिनश बि.क.लाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कैलालीगाँउ, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.१ लम्की बजारबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को प्रेम बि.क. लाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाटोमा संकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट १ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा. ८ बस्ने बर्ष १९ को धनराज बुढा र १५ बर्षिय किशोरलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।