प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-१७

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ राधास्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को संजय रानालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

     यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५०० मिलिग्राम सहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, गौरीगंगा न.पा.४ बस्ने बर्ष २० को करन बि.क. र सोही ठाउँ बस्ने बर्ष २६ को चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प ९०१०  नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

     यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, जानकी गा.पा.१ बस्ने बर्ष ४४ को सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने बर्ष ३० को भुवन कठरिया र सोही ठाउँ बस्ने बर्ष २१ को प्रसन चौधरी रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।  

       कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० कञ्चनपुर भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.११ बडैपुर बस्ने बर्ष २९ को रबिन बिष्टलाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले युके.०३ टिए ७७२७ नम्बरको भारतिय कारलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त कार सहित निजलाई पक्राउ गरेको हो । 

        यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. २ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई वुधवार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २३ को मनिष थापा र बेलडाँडी गा.पा.५ झिलमिला बस्ने बर्ष २५ को मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०५-०९

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,१२,५९६।- बराबरको IPHONE मोवाईल थान-५ सहित दोधरा चाँदनी न.पा.९ बस्ने वर्ष २६ को गौतम जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त IPHONE  सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९६,२००।- बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ वोरा र साइकल थान-२ सहित भारत लखिमपुर कमलापुर बस्ने वर्ष ३२ को शिवानन्द शर्मा, ऐ.ऐ. बस्ने वर्ष ३० को वाहिद अली र  जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने वर्ष २० को कैलाश जोशीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७८,०००।– बराबरको साडी, बोईलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०५-०९

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१. ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.१० बस्ने वर्ष ३२ को श्याम बहादुर चौधरी ।२. बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र रु.१,५१०।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने राज बहादुर थापा ।३. चेक अनादर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने केशवराज जैशी ।४. लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा न.पा.१० बस्ने खेम बहादुर चौधरी ।५. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु ५०,००।- जनही तोकिएका टीकापुर न.पा.७ वैदी बस्ने वर्ष २७ को (माता भन्ने) सुनिल मिस्त्री,  ऐ.ऐ.९ बौनिया बस्ने वर्ष ३४ की हिरामोती डगौरा थारु र ऐ.ऐ.बस्ने वर्ष ४५ की लाली डगौरा । ६. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु १५,०००।- जनही तोकिएका भजनी न.पा.१ गौनिया बस्ने वर्ष ५० को जयराम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४४ को पदम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४५ को लहानु डगौरा र ऐ.ऐ.बस्ने वर्ष ५४ को बाबुराम डगौरा ।