फरार प्रतिवादी पक्राउ
२०८३-०२-०६
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले प्राचिन स्मारक मुद्दामा ३
महिना २ दिन कैद सजाय र रु.१४,०००।- जरिवाना तोकिएको जिल्ला
कैलाली बर्दगोरिया गा.पा.२ बौनिया वजार बस्ने अम्बर बहादुर शाहीलाई इलाका प्रहरी
कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको
फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.६ ऐठपुर बस्ने
बर्ष २९ को गणेश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।