अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०८
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ नेशनल ट्रेडिङ् नजिक र ऐ. १९
खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,१००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, वोईलर
कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु विहीबार जिल्ला
प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न
स्थानहरु भिमदत्त न.पा.५ तिनतारा, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ बैजुडाडा र बेलडाँडी गा.पा.३
कमरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,९७१।– बराबरको चिनी,
पेय पदार्थ, हार्डवेयर, किराना
लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।