फरार प्रतिवादी पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८०।१०।०८ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना १० दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, बुढिगंगा न.पा.६ बस्ने बर्ष १९ को राजेन्द्र सार्कीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले विहीबार दिउँसो बडिमालिका न.पा. ९ स्थित मार्तडी बजारबाट पक्राउ गरेको हो ।