फरार प्रतिबादी पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
१. बिद्युतिय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ बस्ने बर्ष ३२ को शंकर राना ।
२. लागूऔषध खैरो हेरोइन मुद्दमा ३ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ भाँसि बस्ने बर्ष २३ को सिजन नेगी ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
१. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने दिपक सुनार ।
२. लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भजनी न.पा.६ बस्ने रुप भण्डारी ।