अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-३०
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४६० मिलिग्राम सहित जिल्ला बाजुरा, बुढीगंगा न.पा.५ बस्ने २५ को नरेन्द्र बहादुर शाहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।