सवारी दुर्घटनामा मृत्यु
२०८३-०३-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बोराडाडी चोक स्थित धनगढी बाट अत्तरिया तर्फ जादै गरेको यु.पी. ६५ ई.एक्स. ०१०० नम्बरको भारतिय कारले सोही दिशा तर्फ जादै गरको से ४ प ९५२ नम्बरको मोटरसाईकल लाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार जिल्ला बैतडी, सिगास गा.पा. १ बस्ने बर्ष ४८ को पदम चन्द गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । मोटरसाइकल चालक धनगढी उ.म.न.पा.३ बोराडाडी बस्ने बर्ष ४३ को गौतम ऐर सकुसल रहेको । गाडी र गाडी चालक देश भारत उत्तर प्रदेश वाराणसी बस्ने बर्ष ४२ को अश्वनी कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।