अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३९,०९०– बराबरको कुर्ति कपडा लगायतका किराना सामानहरु विहिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५२,०००।– बराबरको चिनी, सर्ति लगायतका किराना सामानहरु विहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।